पोखरा आउने पयटकलाई हैरानी पार्ने ९ जना पक्राउ

पाेखरा | फागुन १६, २०८०

पोखरा आउने पयटकलाई हैरानी पार्ने ९ जना पक्राउ

पोखरा:   पोखरा आउने पर्यटकलाई अनेक बहानामा हैरानी पार्ने आरोपका कास्की प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा ९ बसपार्क बस्ने ४० वर्षका रुपेन्द्र श्रेष्ठ, ३२ वर्षका मोहन आचार्य, ४० वर्षका नारायण अधिकारी, ४४ वर्षका श्याम प्रसाद शर्मा रहेका छन् ।

 

यसैगरी २५ वर्षका विकास कुँवर, २१ वर्षका विमल ठकुरी र २१ वर्षका विकास श्रेष्ठ, पोखरा १३ पाटनबेसी बस्ने वर्ष २८ का रञ्जन खड्का र १९ वर्षका सविन नेपाली रहेका छन् ।

 

उनीहरूलाई पृथ्वीचोक र मुस्ताङचोकबाट पक्राउ गरिएको हो कास्की प्रहरीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए । 

 

उनका अनुसार पक्राउ परेका उनीहरुले पर्यटकहरूलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाइदिन्छु भनी झोलाहरू तान्ने तथा पैसाको बार्गेनिङ गरेर अनावश्यक दुख दिएको भन्दै सूचना प्राप्त भएको थियो ।

 

सोही सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

 

पक्राउ परेका उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको मुद्दामा ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
 

पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

थप पढ्नुहोस्

काठमाडौंः   प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ ।  सभाको आजको बैठकमा प्रस्तावक र समर्थकहरूको छलफलपछि भएको मतदानमा ठाकुर अत्यधिक मतसहित नि...

थप पढ्नुहोस्

पोखरा:   राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु भएको छ । 'सुन्दर ठाउँ हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार अनेक' भन्ने नाराका साथ सुरु उक्त महोत्सव आउँदो वैशाख ५ गतेसम्म ...

थप पढ्नुहोस्